काठमाडौं– बुधबार नेप्से परिसूचक २ दशमलब २६ अंकले बढेर १ हजार ४ सय ४ दशमलब ४९ अंकको बिन्दुमा रोकिएको छ।
बुधबार बुटवल पावर कम्पनी (बिपिसी) सेयर कारोबारको आधारमा अग्रस्थानमा छ। यस दिन कम्पनीको २ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने बिपिसीको सेयर मूल्य २ दशमलब ५२ प्रतिशत अर्थात् १६ रुपैयाँले घटेको छ। कम्पनीले सोमबारदेखि फर्दर पब्लिक अफरिङ(एफपिओ) बिक्री सुरू गरेको छ। बिपिसीको एफपिओको मूल्य उच्च भएको र साधारण सेयर नै जारी नगरी एफपिओ निष्कासन गरेको भन्दै लगानीकर्ताले चौतर्फी विरोध गरेका छन्।
बुधबार परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ। यस दिन १ सय ५६ कम्पनीको ३१ करोड १५ लाख ३४ हजार २ सय ७५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि सोमबार २७ करोड ७३ लाख ३ हजार ६ सय ४६ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
बुधबारको कारोबारमा तीन समूहमा गिरावट आएको छ भने अन्य समूहमा हरियाली छाएको छ। आजको कारोबारमा जलविद्युत् समूह, अन्य समूह र उत्पादन तथा प्रशोधन समूह क्रमशः ८ दशमलब १, ५ दशमलब ५७ र ३ दशमलब ४१ अंकले घटेका छन्।
सोमबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा होटल समूह अन्तर्गतका लगानीकर्ता छन्। यो समूहमा ३५ दशमलब ९२ अंकले बढेको छ। त्यस्तै, बिमा समूह ३१ दशमलब ३४ अंकले बढेको छ भने विकास बैंक समूह १० दशमलब १७ अंकले बढेको छ।
यस दिन सबैभन्दा बढी कमाउनेमा नेपाल इन्स्योरेन्सका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य ७ दशमलब ९२ प्रतिशत अर्थात् ७४ रुपैयाँले बढेको छ। त्यस्तै, गोर्खाज फाइनान्सका लगानीकर्ताले प्रतिसेयर ५ दशमलब ८८ प्रतिशतले बढेको छ।
बुधबारको कारोबारमा गुमाउने लगानीकर्ताः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।