• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३१, २०८३ Sun, Jun 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

कुन समस्यामा कस्ता डाक्टरलाई देखाउने?

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०७४  २०:२५
1140x725

बिरामीले सही उपचार पाउन सही डाक्टर भेट्नुपर्छ। जसका लागि बिरामीले आफ्नो रोगअनुसार विशेषज्ञ डाक्टर पहिचान गर्न सक्नुपर्छ। रोगअनुसार सही डाक्टर पहिचान गर्न दुई वटा कुरामा ध्यान दिनुपर्छ। पहिलो, डाक्टरको डिग्री र दोस्रो, उसको विशेषज्ञता। जानकारी अभावमा मेडिकल समस्यामा सर्जनकहाँ जानु, सर्जरीका लागि फिजियसनलाई भेट्नु र आफ्नो रोगसँग सम्बन्धित विशेषज्ञबारे थाहा नहुँदा अर्को रोगका विशेषज्ञ डाक्टरलाई भेट्नु आमसमस्याका रुपमा देखिएको छ।

सही डाक्टर पहिचान गर्न नसक्दा उपचार खर्च बढी पर्ने, अनावश्यक जाँच गर्नुपर्ने, समय बर्बाद हुने, सही उपचार हुन नसक्ने र रोग जटिल बन्दै जाने समस्या उत्पन्न हुन सक्छन्। शारीरिक समस्या देखिएमा सकभर पहिला फिजिसियनलाई देखाउनुपर्छ। फिजिसियनको सल्लाहअनुसार मात्र विशेषज्ञ डाक्टरलाई देखाउनुपर्छ।

डाक्टरहरु विभिन्न प्रकारका हुन्छन्। जस्तैः मेडिकल अफिसर, कन्सल्टेन्ट, जनरल फिजिसियन, एमडिजिपी र स्पेसलिस्ट। एमबिबिएस पास गरेको डाक्टरलाई मेडिकल अफिसर भनिन्छ। एमबिबिएस डाक्टरलाई मेडिसिन र सर्जरीका विषयमा आधारभूत ज्ञान हुन्छ। यस्ता डाक्टर सबै रोगको प्रारम्भिक उपचारमा सहभागी हुन मिल्छ। उनीहरु बिरामीको उपचार पछि अवस्था र आवश्यकताअनुसार विशेषज्ञ डाक्टरलाई रिफर गर्छन्। एमबिबिएस स्नातक डिग्री हो।

एमबिबिएसपछि एमडि वा एमएस गरेको डाक्टरलाई कन्सल्टेन्ट भनिन्छ। एमडि भनेको डक्टर अफ मेडिसिन र एमएस भनेको मास्टर्स इन सर्जरी हो। यो स्नातकोत्तर डिग्री हो। यस्तै, मेडिसिन विषय लिएर एमडी गरेको डाक्टरलाई जनरल फिजिसियन भनिन्छ । जनरल फिजिसियनलाई शरीरका सम्पूर्ण अंगको मेडिकल समस्याका बारेमा ज्ञान हुन्छ। जटिल रोग लागेको छ भने जनरल फिजिसियनले बिरामीको रोग पहिचान गरी सामान्य उपचारपछि विशेषज्ञलाई रिफर गर्छन्। जस्तैः नसासम्बन्धी रोगमा न्युरो फिजिसियन, मिर्गौला रोगमा नेफ्रोलाजिष्ट तथा पिसाबसम्बन्धी समस्या भए युरोलोजीस्टलाई रिफर गर्दछन्।

कुनै एक रोगका बारेमा अध्ययन गरेको डाक्टरलाई विशेषज्ञ भनिन्छ। सामान्यतय भन्नुपर्दा जनरल फिजिसियन वा जनरल सर्जनले कुनै एक रोग विशेषमा अध्ययन वा तालिम लिएमा त्यस्ता डाक्टरलाई विशेषज्ञ ९स्पेशलिस्ट० भनिन्छ । हाल एमबिबिएसपश्चात् कुनै रोगमा सिधै विशेषज्ञ अध्ययन पनि गर्न सकिने व्यवस्था छ।

एमडि वा एमएसपश्चात् कुनै एक रोगको विषयमा डिएम वा एमसिएच गरेको डाक्टरलाई सुपरस्पेसियालिटी भनिन्छ। यो पिएचडि डिग्री हो। यो विषय अध्ययन गर्ने डाक्टरहरुले कुनै एक रोगको तीन वर्षसम्म सघन अध्ययन, अनुसन्धान र उपचारमा संलग्न भएका हुन्छन्। यो डिग्री मेडिकल विषयमा हुने सबैभन्दा विशिष्ट अध्ययन हो। डिएम गरेका डाक्टरलाई कुनै एक रोगको सुपरस्पेसियालिटी फिजिसियन र एमसिएच गरेमा सुपस्पेसियालिटी सर्जन भनिन्छ।

एमडि वा एसएस गरेका विशेषज्ञ डाक्टरले डिएम वा एमसिएच गरेका डाक्टरलाई रिफर गर्छन। डाक्टरी विषयमा गरिने अर्को डिग्री एमडिजिपी हो। यस्ता विषय पढेका डाक्टरलाई पारिवारिक फिजिसियन पनि भन्ने गरिन्छ। यो डिग्री लिएका डाक्टरलाई मेडिसिन र सर्जरी दुबै विषयको ज्ञान हुन्छ। प्रायः अस्पतालका इमर्जेन्सी विभागमा एमडिजिपी हुने गर्छन्। यो स्नातकोत्तर डिग्री हो।

कुन समस्यामा कस्ता डाक्टरलाई देखाउने?

न्युरोलोजिष्ट

nimb
nimb
Ncell 2
Ncell 2

मष्तिस्क र नसासम्बन्धी अध्ययन गरेका डाक्टरलाई न्युरोलोजिष्ट भनिन्छ। टाउको दुख्ने, माइग्रेन, नसासम्बन्धी समस्या, छारे रोग, रिंगटा लाग्ने, हिड्न गाह्रो हुने, बेहोस हुने र अन्य  मष्तिस्क र नसासम्बन्धी समस्या भएमा न्युरोलोजिष्टलाई देखाउनु पर्छ।

नेफ्रोलोजिष्ट

मिर्गौलासम्बन्धी अध्ययन गरेका डाक्टरलाई नेफ्रोलोजिष्ट भनिन्छ। पिसाब गडबडी भएमा, पिसाबमा रगत आएमा, मिर्गौला प्रत्यारोपणसम्बन्धी जाँच र उपचार गर्नुपरेमा नेफ्रोलोजिष्टलाई देखाउनुपर्छ।

पल्मोनोलोजिष्ट

फोक्सो रोगसम्बन्धी अध्ययन गरेका डाक्टरलाई पल्मोनोलोजिष्ट भनिन्छ। स्वाँस्वाँ हुने, फोक्सोको संक्रमण, घुर्ने, दम, सिओपिडिजस्ता समस्या भएकाले पल्मोनोलोजिष्टलाई देखाउनुपर्छ।

इन्डोक्राइनोलोजिष्ट

हर्मोन र मेटाबोलिजमसम्बन्धी अध्ययन गरेका डाक्टरलाई इन्डोक्राइनोलोजिष्ट भनिन्छ । मधुमेह, थाइराइड र अन्य हर्मोन गडबडीले लागेका रोगमा इन्डोक्राइनोलोजिष्टलाई देखाउनुपर्छ।
इन्डोक्राइनोलोजिष्टमा डिएम गरेका डाक्टर नेपालमा एकजना मात्र छन्।

रिउयुमेटोलोजिष्ट

बाथरोगसम्बन्धी अध्ययन गरेका डाक्टरलाई रिउमेटोलोजिष्ट भनिन्छ। नेपालमा ३ जनामात्र इन्डोक्राइनोलोजिष्ट रहेको जानकारहरुले बताएका छन्।

युरोलोजिष्ट

मुत्रनली र पिसाबसम्बन्धी अध्ययन गरेका डाक्टरलाई युरोलोजिष्ट भनिन्छ। प्रोस्टेट, मुत्रथैलीमा पत्थरीलगायत पिसाबमा गडबडी भएमा युरोलोजिष्टलाई देखाउनुपर्छ।

यसैगरी हाडको समस्या भएमा अर्थोपेडिक्स तथा मुटुसम्बन्धी समस्या भएमा कार्डियोलोजिस्टलाई देखाउनुपर्छ। नेपालमा आँखा, दाँत, क्यान्सर, मधुमेहलगायत सबै प्रकारका रोगका विशेषज्ञ डाक्टर उपलब्ध छन्।

ध्यान दिनुपर्ने

रोगको लक्षणका आधारमा आफैले विशेषज्ञ डाक्टर खोज्नुभन्दा फिजिसियनको सल्लाहअनुसार जानु उपयुक्त हुन्छ। फरक–फरक रोगमा पनि एकै प्रकारको लक्षण देखिन सक्छ । डाक्टरलाई आफ्ना समस्या खुलेर बताउनुपर्छ। समस्या लुकाएमा वा भन्न नसक्दा सही उपचार नहुन सक्छ।

डाक्टरलाई देखाउन जानुअघि आफ्ना समस्या लेखेर लाँदा राम्रो हुन्छ। डाक्टरलाई देखाएपछि औषधिका बारेमा पनि राम्रोसंग बुझ्नु पर्छ। सबै औषधि सबै ठाउँमा उपलब्ध नहुने भएकाले सो जिज्ञासा पनि डाक्टरलाई भन्नुपर्छ। औषधिले निको नभएमा डाक्टर फेर्नुभन्दा पुनः सोही डाक्टरलाई भेटि समस्या बताउनुपर्छ। डाक्टरको सल्लाहविना औषधि छाड्ने, मात्रा घटबढ गर्ने, सुरु गर्ने गर्नु हुँदैन।

अरुको लहलहैमा लागेर डाक्टरकहाँ जानुभन्दा सही डाक्टर पहिचान गरी जानुपर्छ । डाक्टरलाई भेट्न जाँदा आफ्ना पुराना समस्या खुलेर बताउनु पर्छ र पुराना पर्चा पनि लिएर जानुपर्छ। डाक्टरलाई आफ्नो बारेमा सही जानकारी नदिँदा ज्यानै जान सक्ने पनि हुनसक्छ।

प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  २०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मोरक्कोसँग ब्राजिलको बराबरी
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
मोरक्कोसँग ब्राजिलको बराबरी आइतबार, जेठ ३१, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
सुन चोरी काण्डमा चार पाकिस्तानी पुर्पक्षका लागि थुनामा शनिबार, जेठ ३०, २०८३
काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
विश्वकपमा मेरो फेभरेट देश खेलेको छैन : प्रधानमन्त्री शनिबार, जेठ ३०, २०८३
सेफ सन्तोष साह पक्राउ शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्