काठमाडौं- पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत आजबाट समापन भएको छ। एक महिनासम्म स्वस्थानी व्रत र माघ स्नान गर्ने धार्मिक परम्परा छ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ्य दिइन्छ।
विशेषगरी महिलाहरुले बस्ने यो व्रतमा काठमाडौँको साँखुस्थित शालीनदीमा विशेष रौनक रहँदै आएको छ। महिनाभर बसेको व्रतको विसर्जन गरी व्रतालुहरु आजबाट घर फर्कँदैछन्। भक्तपुरको हनुमानघाटमा पनि व्रतालुहरुको घुइँचो लाग्ने गरेको छ। उनीहरुले बिहानै यस वर्षको स्वस्थानी व्रतको अन्तिम स्नान गरेका छन्।
भक्तपुरको हनुमानघाटमा व्रत समाप्ति क्रमका तस्बिरहरु-







नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।