काठमाडौं– फुलचोकीमा ६ दिनअघि हराएका बिद्यार्थी जोन तामाङको मंगलबारसम्म पनि कुनै अत्तोपत्तो लागेको छैन। उनी बेपत्ताको घटना रहस्यमय बन्दै गएको छ।
गत पुस ११ गते उनी स्कुलबाटै हिउँ खेल्न फुलचोकी गएका थिए। प्रिन्सिपल र ११ जना बिद्यार्थी घुम्न गएकोमा फर्कने क्रममा तामाङ बेपत्ता भएका थिए।
लगाचार ४ दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी मात्र होइन सेना समेत परिचालन गरी सो क्षेत्रमा उनको खोजतलास गरिएको छ। तर, पनि केही पत्ता नलागेको ललितपुरका डिएसपी नरेन्द्र चन्दले बताए।
थसिखेलस्थित शिक्षा सदन प्राविमा ५ कक्षामा अध्यनरत तामाङका आफन्तले उनलाई कतै देखेमा प्रहरी तथा संचारमाध्यममा खबर गरिदिन आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।