नयाँ दिल्ली (एजेन्सी)– चर्चित फेशन ब्रान्ड जाराले लुङ्गीलाई बजारमा उतारेको छ। पाइन्ट, टिसर्ट र जुत्ताहरू यसअघि बनाउँदै आएको जाराले पहिलो पल्ट स्कर्टको शैलीमा लुङ्गीलाई बजारमा उतारेको हो।
पूर्वी तथा दक्षिणी एसियामा लुङ्गी निकै प्रचलनमा छ। जाराले एउटा विज्ञप्ती सार्वजनिक गर्दै भनेको छ, ‘यो एउटा फ्लाइङ्ग स्कर्ट हो। जसलाई अगाडिबाट मोडिन्छ। यसमा स्लिट र जिप पनि छ।’ लुङ्गीको शैलीमा बनाइएको यो स्कर्टको दाम करिब ८ हजार नेपाली रहेको छ। जाराले सार्वजनिक गरेको लुङ्गी खैरो रंगको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।