दार्चुला- चमेलिया जलविद्युत् आयोजनाले दोस्रो युनिट अर्थात् १५ मेगावाटको विद्युत् उत्पादन परीक्षण गरेको छ।
यो सँगै १५ मेगावाट विद्युत् बुधबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख अजय दाहालले जानकारी दिए। अर्को युनिटबाट उत्पादित थप १५ मेगावाट विद्युतको परीक्षण माघ २७ मा गरेर जम्मा ३० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख दाहालले जानकारी दिए।
आयोजना निर्माण सम्पन्न गर्न निर्धारित लक्ष्यभन्दा २ सय ५० गुणा बढी समय लागेको थियो। आयोजना निर्माणमा भएको ढिलाइले समयसँगै लागतसमेत बढेको छ।
आठ अर्ब ३४ करोड रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना सम्पन्न हुँदासम्म करिब १६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ। आयोजना चाइना गेजुवा ग्रुप अफ पावर कम्पनीले निर्माण गरिरहेको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।