ओखलढुङगा– विवाहको भोजमा मदिरा पिएर भएको झगडामा एक व्यक्तिको हत्या भएको छ।
ओखलढुङगाको मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार झगडाहुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको हो। अन्य २ जना घाइते भएका छन् ।
झगडामा सोही ठाउँ बस्ने २३ वर्षीय पासाङ शेर्पा, २४ वर्षीय साङगे शेर्पा, २२ वर्षीय जिङमे शेर्पा, २६ वर्षीय टेण्डी शेर्पा, २० वर्षीय नाम्खा शेर्पा घाइते भएका छन्।
त्यस्तै अर्को पक्षका सोही ठाउँ बस्ने निज कुमार मगर, १८ वर्षीय कमल मगर, जनक मगरबिच मादक पदार्थ सेवन गरी बिवाद भई कुटपिट हुँदा कुमार, कमल र जनक घाइते भएकोमा मिशन अस्पतालमा उपचारको क्रममा कुमारको मृत्यु भएको हो । अन्य घाइते २ जनाको अवस्था सामान्य रहेको छ।
अभियुक्तमध्येका साङगे शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ । फरार रहेका अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।