काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २८ वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकका प्रतिसेयर आम्दानी घटेका छन् भने केही बैंकका खुद मुनाफा घटेका छन्।
सात वाणिज्य बैंकको खुद मुनाफा घट्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेप्सेमा सूचीकृत २७ वाणिज्य बैंकमध्ये सात वाणिज्य बैंकको खुद मुनाफा घटेको छ भने २० बैंकले बढाएका छन्। सबैभन्दा बढी खुद मुनाफा घट्नेमा प्रभु बैंक रहेको छ। जसको नाफामा गत वर्षको भन्दा ४२ दशमलब ९१ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, एनआइसी एसिया बैंकको खुद मुनाफा २० दशमलब ७४ प्रतिशतले घटेको छ।
यता नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको खुद मुनाफा उल्लेख्य मात्रामा बढेको छ। बैंकले गत वर्षको यही अवधिको तुलनामा यस वर्ष नाफा ३ सय ५६ दशमलब ७४ प्रतिशतले बढाएको छ। कुमारी बैंकले खुद मुनाफामा ७१ दशमलब ९० प्रतिशतको वृद्धि देखिएको छ।
कुन बैंकले कति कमाए नाफा?

सबैभन्दा धेरै पुँजी कृषि विकास बैंकको, एनसिसी बैंकको कम पुँजी
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपैयाँको सीमा १८ बैंकले कटाएका छन् भने ९ बैंक पुँजी पुर्याउने दौडमा छन्। चालु आर्थिक वर्षको ६ महिनासम्म आइपुग्दा सबैभन्दा बढी चुक्ता पूँजी कृषि विकास बैंकको छ। बैंकको पुँजी १३ अर्ब ९३ करोड रुपैयाँ छ। त्यस्तै, सबैभन्दा कम पुँजी नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको छ। सो बैंकको पुँजी ४ अर्ब ६७ करोड छ। अघिल्लो त्रैमासदेखि हालसम्म बैंकले कुनै किसिमले पुँजी वृद्धि गरेको छैन।
कुन बैंकको चुक्ता पुँजीको अवस्था कस्तो?

तीन बैंकको प्रतिसेयर आम्दानी बढ्यो, २४ बैंकको घट्यो
चालु आर्थिक वर्षको ६ महिनामा नेप्सेमा सूचीकृत २७ बैंकमध्ये तीन वाणिज्य बैंकले मात्रै अघिल्लो वर्षको तुलनामा प्रतिसेयर आम्दानी बढाएका छन्। २४ बैंकको प्रतिसेयर आम्दानी भने नकारात्मक छ। प्रतिसेयर आम्दानी बढेका बैंकको आम्दानी पनि ज्यादै न्यून छ। एनएमबी बैंकले २ रुपैयाँ ८७ पैसा, प्रभु बैंकले २ रुपैयाँ ६८ पैसा र सिभिल बैंकले १ रुपैयाँ शून्य २ पैसा बढाएको छ। धेरै घट्नेमा नेपाल बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७७ पैसाले घटेको छ भने नेपाल एसबिआई बैंकको १६ रुपैयाँ ३८ पैसाले घटेको छ।
कुन बैंकको प्रतिसेयर आम्दानी कति?

चार बैंकको खुद ब्याज आम्दानी घट्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार वाणिज्य बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ। सबैभन्दा बढी खुद ब्याज आम्दानी घट्ने बैंकमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंक छ। बैंकको ब्याज आम्दानी ४३ दशमलब ०३ प्रतिशतले घटेको छ।
खुद ब्याज आम्दानी कुन बैंकको कति?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।