काठमाडौं- सहिद सप्ताहको आज अन्तिम दिन सहिदहरुको सम्झना गरी मनाइएको छ। प्रजातन्त्र स्थापना, पुनःस्थापना एवं विभिन्न समयमा जीवन आहुति दिने सहिदको सम्झनामा आज सहिद दिवस मनाइएको हो।
राणा शासनको बेला नागरिक स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो। २०१२ देखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउन थालिएको हो।

सहिद दिवसका अवसरमा आज बिहान रत्नपार्क, शान्तिवाटिकादेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ। यसैगरी अपराह्न ज्ञात-अज्ञात सहिदहरुको सम्झनामा काठमाडौं उपत्यकाको गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय सहिद स्मारकमा कार्यक्रम गरियो।

अन्य ठाउँमा पनि सहिद दिवसका अवसरमा विभिन्न कार्यक्रम भइरहेका छन्।
काठमाडौंको सहिदगेट तथा लैनचौर लगायतका स्थानमा यस्तो देखियो-






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।