काठमाडौं- प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको ६ महिनामा खुद मुनाफा २७ दशमलव ७५ प्रतिशतले बढाएको छ। बैंकले ७१ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले अघिल्लो वर्षको सोही अवधिमा ५५ करोड ९७ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकले खुद ब्याज आम्दानीमा २८ दशमलव ९९ प्रतिशतले वृद्धि गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष पुससम्ममा बैंकले ८० करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
बैंकले ७१ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ६२ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको छ। बैंकले गत वर्षको सोही अवधिमा ५५ अर्ब ६० लाख रुपैयाँ निक्षेप संकलन गरी कर्जामा ४६ अर्ब ५ करोड रुपैयाँ लगानी गरेको थियो।
बैंकको चुक्त पुँजी ८ अर्ब ३ करोड रुपैयाँ छ भने जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा गरेको छ।
बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८० पैसा रहेको छ। त्यस्तै बैंकको पुँजी कोष अनुपात १२ दशमलब ७६ प्रतिशत छ भने खराब कर्जा १ दशमलब ४३ प्रतिशत छ। बैंकको आधार ब्याज दर १०दशमलब ७६ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।