काठमाडौं– शनिबार राती मछिन्द्रवहालमा आफ्नै साथीले सेक्युरिटी गार्डको हत्या भएको खुलेको छ। हत्यामा संल्गन अभियुक्तलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
मछिन्द्रवहालको सेक्युरिटीमा कार्यरत तुल बहादुर तामाङको प्रयोग गरी हत्या भएको थियो। हत्यामा सलग्न राजन थापा क्षेत्रीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेका हुन्। उनी पनि सोही क्षेत्रमा काम गर्ने सेक्युरिटी गार्ड हो। डिउटीको विषयलाई लिएर दुई जनाबीच विवाद हुँदा उनले हत्या गरेको प्रहरीले जनाएको छ।
उनीहरुबीच करिब ४ महिनाअघिदेखि चिनजान थियो। थापाले गत शनिबार आफु डिउटीमा नआउने बताएपछि झगडा भएको थियो। सोही झगडापछि उनले हत्या गरेको प्रहरीले जनाएको छ। उनले पटक पटक ईट्टाले हानेर हत्या गरेको बयान प्रहरीमा दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।