काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनामा नेप्सेमा सूचीकृत २७ बैंकमध्ये तीन वाणिज्य बैंकले मात्रै अघिल्लो वर्षको तुलनामा प्रतिशेयर आम्दानी बढाएका छन्। २४ बैंकको प्रतिशेयर आम्दानी नकारात्मक रहेको छ।
लगानीकर्ताले आफूले लगानी गर्न लागेको शेयरको प्रतिशेयर आम्दानी (इपिएस) हेर्ने गर्दछन्। प्रतिशेयर आम्दानी राम्रो भएका कम्पनीले आकर्षक प्रतिफल दिन्छ भन्नेमा आमलगानीकर्ताको विश्वास रहेको देखिन्छ।
कम्पनीले आर्जन गरेको खुद मुनाफालाई कम्पनीको कुल साधारण शेयरले भागबण्डा गर्दा साधारण शेयरधनीहरुले प्रतिकित्ता सेयर बराबर कति कमाइ गरे भन्ने कुरा प्रतिशेयर आम्दानीले जनाउँछ।
प्रतिशेयर आम्दनी बढाउने बैंक
चालु आर्थिक वर्षको ६ महिनामा ३ बैंकले मात्रै प्रतिशेयर आम्दानी बढाएका छन्।
बढेका बैंकका प्रतिशेयर आम्दानी पनि ज्यादै न्युन छन्। एनएमबी बैंकले २ रुपैयाँ ८७ पैसा, प्रभु बैंकले २ रुपैयाँ ६८ पैसा र सिभिल बैंकले १ रुपैयाँ शून्य २ पैसा बढाएको छ।
यस्तै दोस्रो त्रैमासमा भने २४ वाणिज्य बैंकको प्रतिशेयर आम्दानी घटेको छ। त्यसमध्ये नेपाल बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ७७ पैसाले घटेको छ। नेपाल एसबिआई बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३८ पैसाले घटेको छ।
कुन बैंकको प्रतिशेयर आम्दनी कति?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।