काठमाडौं– शनिबार बेलुका बालाजुमा तीन युवकलाई खुकुरी हानेर घाइते बनाउने समूह समातिएको छ। आक्रमणमा संलग्न दाङ पुरन्धरा घर भई हाल मनमैजु हिलेडोल बस्ने तिलक बहादुर घर्ती मगर, अनिष खड्का र दोलखा कालिञ्चोक १ घर स्वयम्भु बस्ने मिलन सिवाकोटीलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त बालाजुका इन्सपेक्टर जनार्दन घिमिरे नेतृत्वको टोलीले उनलाई उनीहरुलाई पक्राउ गरेको हो ।
शनिबार बेलुका उनीहरुले बालाजुमा सुवास लामिछाने, मान बहादुर घले र सुरज थापालाई घाइते बनाएका थिए। सुरुमा आफुहरुमाथि कुटपिट गरेको र त्यसपछि आफुहरुले हानेको उनीहरुले बताएका छन्।
बालाजु वृत्तका डिएसपी बिश्वराज खड्काका अनुसार पक्राउ परको तीनै जना जादु देखाउने युवकहरु हुन्। जादु देखाउने चक्कुले नै उनीहरुले आक्रमण गरेका थिए।
पक्राउ परेकाहरुलाई ज्यान मार्ने उद्योग मुद्दामा कारबाही अघि बढाएको छ। घटनामा घाइतेहरु बसका चालक र सहचालकहरु हुन्। घाइतेमध्ये सुरज थापाको अवस्था गम्भीर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।