• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

मौलाउँदै कन्सल्टेन्सीको ठगी, रोजगारीको प्रलोभन देखाएर लाखौं असुली

६ जना युवकसँग 'बिहे' गर्ने एकै युवती
64x64
नेपाल लाइभ बुधबार, भदौ ४, २०७६  ०६:०४
1140x725

काठमाडौं- ग्रीन फिल्ड एजुकेसन कन्सलटेन्सीमा गत असार ३० गते प्रहरीले छापा मार्‍यो।

सो कन्सलटेन्सीले रोजगारीका लागि युरोपेली मुलुक माल्टा पठाइदिने भन्दै केही युवाहरुबाट प्रतिव्यक्ति १२ लाख रुपैयाँभन्दा बढी रकम असुली गरी नपठाएको भन्दै युवाहरुले प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले छापा मारेको थियो।

‘माल्टामा राम्रो काम र कमाइ छ, ५ वर्ष बसेपछि त्यहाँको स्थायी बसोबास अनुमति (पिआर) पाइन्छ जस्ता विभिन्न प्रलोभन देखाएर सो कन्सलटेन्सीले युवाहरुलाई ठगी गरेको’ पाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविद्र बोगटीले जानकारी दिए।

छापा मार्ने क्रममा प्रहरीले उक्त कन्सलटेन्सीबाट केही पासपोर्ट तथा विभिन्न कागजपत्रहरु जफत गरेको थियो।

त्यस्तै गत आइतबार वैदेशिक रोजगार विभागले सिनामंगलस्थित एलाएन्स एजुकेसन कन्सलटेन्सीमा छापा मारेको थियो। सो कन्सलटेन्सीले पनि युवाहरुलाई विभिन्न युरोपेली मुलुकमा रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ रकम असुली गरेको गोप्य सूचनाका आधारमा गौशाला प्रहरीसहितको विभागको अनुगमन टोलीले कन्सलटेन्सीमा छापा मारेको हो।

कन्सलटेन्सीमा साइप्रस जान आवेदन दिएकाहरुको फाइल तथा राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिको विवरणलगायत कागजपत्रहरु भेटिएको अनुगमन टोलीले जनाएको छ।

पछिल्लो समय शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन्न व्यक्तिहरुसँग रोजगारीको प्रलोभन देखाई मोटो रकम असुल्ने गरेका उजुरी विभागमा प्राप्त भइरहेकाले यस बारेमा शिक्षा मन्त्रालयसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने विभागका निर्देशक भोलानाथ गुरागाईंले जानकारी दिए।

‘हामी वैदेशिक रोजगारीको नाम लिएर ठगी गर्ने जुनसुकै व्यक्ति वा संघसंस्थालाई आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउँछौं,’ निर्देशक गुरागाईंले भने।

Ncell 2
Ncell 2
nimb
nimb

६ युवाहरुको विवाहका लागि एक युवती
पछिल्लो समय कन्सलटेन्सीहरुले युवाहरुलाई विभिन्न किसिमका प्रलोभन देखाई ठगी गर्ने क्रम बढ्दै गइरहेको छ। त्यसैक्रममा काठमाडौंको पुतलीसडकमा रहेको क्विन्सल्यान्ड एजुकेसन फाउन्डेसन प्रालिले युवाहरुलाई नयाँ तरिकाले ठगी गरेको फेला परेको छ।

प्रहरी परिसर काठमाडौंका अनुसार सो कन्सलटेन्सीले ६ जनाभन्दा बढी युवाहरुलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाउने भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म ठगी गरेको भेटिएको छ।

प्रहरीका अनुसार क्विन्सल्यान्डले ६ जनाभन्दा बढी युवाहरुलाई एकै युवतीसँग नक्कली विवाहको प्रलोभन देखाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाउने भन्दै प्रतिव्यक्ति २५ लाख रुपैयाँसम्म रकम माग गरेको खुलेको हो। युवाहरुलाई युवतीसँग फोनमा कुरा गराउने र अदालतमा विवाह गरी सबै प्रक्रिया पूरा गरेर अस्ट्रेलिया पठाइने प्रलोभन देखाइएको थियो। 

रकम बुझाएको २/३ महिनासम्म पनि कन्सलटेन्सीले आफूहरुलाई अस्ट्रेलिया पठाउन कुनै प्रतिकृया नजनाएपछि पीडितहरुले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विद्यार्थी भिसामा जान अयोग्य भएका युवाहरुलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया पठाउने प्रलोभन देखाई ठगी गरेको पाइएको प्रहरी परिसरका प्रवक्ता बोगटीले बताए। उनले समयक्रमसँगै ठग्ने तरिकामा समेत परिवर्तन आइरहेको जानकारी दिए।

‘पछिल्लो समय व्यक्तिले नै पनि कन्सलटेन्सीको नाम लिएर ठगी गर्ने प्रवृत्ति बढेको छ। एउटा कन्सलटेन्सीले अर्को कन्सलटेन्सीको नाम लिएर समेत ठगी गर्ने गरेको पाइएको छ,’ प्रवक्ता बोगटीले भने।

शिक्षित युवा नै कन्सलटेन्सीको ठगी फन्दामा 
धेरैजसो शिक्षित युवाहरु नै कन्सलटेन्सीको ठगीमा पर्ने गरेको पाइएको छ। कन्सलटेन्सीहरुबाट उच्च शिक्षा अध्ययन र रोजगारीका लागि विकसित मुलुकमा जाने सोच बनाइरहेका युवाहरु ठगिने क्रम बढ्दै गइरहेको पाइएको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालका अनुसार ठगिनेमा शिक्षित युवाहरु नै बढी रहेका छन्। 

‘वैदेशिक रोजगारीका नाममा सोझा युवाहरु मात्रै ठगिने नभएर पछिल्लो समयमा कन्सलटेन्सीबाट टाठा-बाठा र शिक्षित युवाहरु पनि ठगिन छाडेका छैनन्। अझ विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई उनीहरुबाट कन्सलटेन्सीले मोटो रकम असुली गर्ने क्रम बढिरहेको छ,’ विभागका महानिर्देशक भुसाल भन्छन्।

प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटी पनि महानिर्देशक भुसालको विचारसँग सहमत छन्। कन्सलटेन्सीबाट पढेलेखेकै युवाहरु ठूलो संख्यामा ठगिएको उनको भनाइ छ।

कन्सलटेन्सीबाट ठगिएका दैनिक ४ उजुरी
विभिन्न बहानामा शैक्षिक परामर्शदाता कम्पनी (एजुकेसनल कन्सलटेन्सी)ले नै ठगी गरेका उजुरी दैनिक ३ देखि ४ वटासम्म प्रहरी परिसरमा आउने गरेको बोगटी बताउँछन्।

‘पछिल्लो समय कन्सलटेन्सीको ठगी भयावह छ, निकै मोटो रकम ठगी हुने गरेको पाइएको छ, सरदरमा दैनिक ३ देखि ४ वटासम्म उजुरी आउँछन्,’ बोगटीले भने।

शैक्षिक परामर्शदाताका रुपमा खुलेका कन्सलटेन्सीहरुले विभिन्न प्रलोभन देखाई ठगी गरेको पाइएपछि ठगीको प्रकृतिअनुसार उनीहरुमाथि कारबाही गरिने र पीडित पक्षलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले पहल गर्दै आएको उनले जनाए।

दर्ता नै नभएका कन्सलटेन्सीहरु खडा गरी युवाहरुलाई ठगी गर्ने कार्यसमेत बढ्दै गइरहेकाले युवाहरुलाई सचेत रहन उनले आग्रहसमेत गरे। ‘दर्ता नभएका र दर्ता भएकैले पनि युवाहरुबाट लाखौँ रकम असुली गर्ने क्रम बढ्दै गइरहेको छ, यस विषयमा युवा आफैं पनि सचेत हुनुपर्दछ,’ डिएसपी बोगटीले भने।

सरकारले छुट्टै कानुन बनाई नियमन गर्न नसक्दा वा नियमन फितलो हुँदा एजुकेसनल कन्सलटेन्सीहरुले पनि कामदार भिसा र डिपेन्डेन्ट भिसाका नाममा युवाहरुलाई ठगी गर्दै आइरहेका छन्।

पछिल्लो समय अमेरिका, अस्ट्रेलिया, क्यानडा, साइप्रस, माल्टा, जापानलगायतका विभिन्न विकसित मुलुकमा अध्ययन तथा रोजगारीका लागि पठाउने भन्दै कन्सलटेन्सीहरुले युवाहरुलाई ठग्ने गरेको पाइएको छ।

सरकारले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७५ अनुसार कन्सलटेन्सीको अनुगमन तथा नियमनको काम गर्दै आएको बताए पनि कार्यान्वयनको पाटो भने फितलो देखिएको छ। अनुगमन र नियमन गर्न नसक्दा जथाभावी रुपमा बिना दर्ता खोलिएका कन्सलटेन्सीहरुबाट पनि युवाहरुलाई करोडौँ रुपैयाँ ठग्ने क्रम बढेको हो।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  ०६:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्