खोटाङ- खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी ८ वर्षकी बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।
रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी बालिका लुमणी भनिने ब्रिस्मा राईको बलात्कारपछि हत्या भएको हो।
गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो। उनलाई सोही स्थानका १६ वर्षीय जिउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै पक्राउ परेका राईको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबरजस्ती करणी गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए।
उनीविरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानसम्बन्धी महलअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको मुद्दा शाखाका प्रहरी नायब निरीक्षक मनोजकुमार यादवले जानकारी दिए।
पक्राउ परेका जिउधन र मारिएकी लुमणी नाताले दाजुबहिनी हुन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।