काठमाडौं– साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक ५ दशमलब ५० अंकले घटेर १ हजार ४ दशमलब ४५ अंकको विन्दुमा रोकिएको छ।
सोमबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १ दशमलब १७ अंकले घटेर २ सय ९५ दशमलब ८४ को विन्दुमा आइपुगेको छ।
सोमबार परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन १ सय ६० कम्पनीको २७ करोड ७३ लाख ३ हजार ६ सय ४६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि आइतबार ३५ करोड ४७ लाख २१ हजार ७ सय ४८ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
सोमबार ट्रेडिङ बाहेकका अन्य ९ समूहमा गिरावट आएको छ। आजको कारोबारमा ट्रेडिङ समूह ६ दशमलब ३३ अंकले बढेको छ भने सिन्धु विकास बैंक र विशाल बजारका लगानीकर्ताले ४ प्रतिशतको नाफा हात पारेका छन्। आइतबारको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा यी दुई कम्पनीका लगानीकर्ता थिए।
सोमबारको कारोबारमा सबैभन्दा बढी गुमाउनेमा होटल समूह अन्तर्गतका लगानीकर्ता छन्। यो समूहमा २१ दशमलब ३६ अंकले घटेको थियो। यो समूहमा आइतबार पनि २८ दशमलब शून्य २ अंकले घटेको गिरावट आएको थियो। त्यस्तै, बिमा समूह १५ दशमलब २२ अंकले घटेको छ भने अन्य समूह ६ दशमलब ६४ अंकले घटेको छ।
यस दिन सबैभन्दा बढी गुमाउनेमा मल्टिप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ता छन्। बैंकको सेयर मूल्य ९ दशमलब ९४ प्रतिशतले घटेको छ। त्यस्तै, खानीखोला हाइड्रो पावरका लगानीकर्ताले प्रतिसेयर ५ रुपैयाँ गुमाएका छन्।
आज नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। यस कम्पनीको १ करोड ३८ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएका छन्। त्यस्तै, नबिल बैंकको १ करोड २२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।