काठमाडौं– महानगरीय प्रहरी प्रभाग नागढुंगाले २ जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।
उदयपुर, ठोक्सिलाबाट काठमाण्डौ आउँदै गरेको ना. ६ ख. ७१०० नं. को यात्रुवाहक बसमा प्रहरीले चेकजाँच गर्ने क्रममा सप्तरी, काँचल बस्ने कृष्ण दासलाई पक्राउ गरेको हो। उनको साथबाट डाइजापाम १९६ एम्पुल, व्रुपिनर्फिन १९७ एम्पुल, नाइट्रोजापाम २०० एम्पुल लागुऔषध बरामद भएको छ।
त्यस्तै नेपालगञ्जबाट काठमाण्डौ आउँदै गरेको ना. ५ ख. ८९३८ नं. को यात्रुवाहक बसबाट हुम्ला, सिमिकोट बस्ने नर बहादुर बुढालाई नाइट्रोजापाम ९०० ट्यावलेट सहित पक्राउ गरेको छ।
काठमाडौंका लागूऔषध दुव्र्यसनीलाई बिक्रि गर्न ती लागूऔषध काठमाडौं ल्याइएको थियो। दुवै जनालाई महानगरीय प्रहरी वृत्त थानकोटमा पठाइएको नागगढुङगा प्रभागका इन्सपेक्टर केशब भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।