काठमाडौं– चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा माछापुच्छ्रे बैंकको खुद मुनाफा १७ दशमलव ५४ प्रतिशतले घटेको छ।
बैंकले पुस मसान्तसम्ममा ४७ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५७ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको प्रतिशेयर आम्दानीमा पनि १२ रुपैयाँ ७२ पैसाले गिरावट आएको छ। बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा रहेको छ। जबकि अघिल्लो वर्षको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ६६ पैसा रहेको थियो।
बैंकले चालु आर्थिक वर्षमा ६५ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ६० अर्ब २६ करोड रुपैयाँ कर्जामा लगानी गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा ५८ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको सिडी रेसियो ७९ दशमलव ५७ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा भने शून्य दशमलव ३३ प्रतिशत मात्रै रहेको छ।
बैंकको प्रतिशेयर नेटवर्थ १ सय १८ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।