काठमाडौं- चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो महिना अर्थात् साउनमा कुल विनियोजित बजेटको शुन्य दशमलव २७ प्रतिशत बजेट खर्च भएको छ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन ३२ गतेसम्ममा ४ अर्ब २० करोड ३५ लाख रुपैयाँ बजेट खर्च भएको छ।
जसमध्ये चालुतर्फ ३ अर्ब ५० करोड १४ लाख रुपैयाँ पुँजीगततर्फ ५९ करोड २९ लाख रुपैयाँ खर्च भएको छ। यसैगरी वित्तीय व्यवस्थापनतर्फ १० करोड ९१ लाख रुपैयाँ खर्च भएको छ।
चालु आर्थिक वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ विनियोजन गरेको थियो।
जसमध्ये चालुगततर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख, पूँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ लाख र वित्तीय व्यवस्थापनतर्फ १ अर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।