एजेन्सी- इस्लामिक स्टेट (आइएस) का बन्धुकधारीले गरेको आक्रमण र कार बम विस्फोटबाट इराकमा ७४ जनाको ज्यान गएको छ। इराकको दक्षिणी सहर नसिरियाको एक रेस्टुरेन्टमा गएराति आक्रमण भएको हो।
घटनामा ९३ जना घाइते भएका छन्। आक्रमणको जिम्मेवारी आइएसले लिएको इराकी समाचार संस्था अमाकले जनाएको छ। मृतकहरु इरानी नागरिक रहेको प्रादेशिक गभर्नर याह अल नसिरीले बताएका छन्।
अमेरिकी सेनासँगको सहकार्यमा इराकी सेनाले आइएसले कब्जामा लिएको भूमि फिर्ता गरेको आक्रोश पोख्दै आफ्नो उपस्थिति जनाउन स्लामिक स्टेटले आक्रमण गरेको सुरक्षा अधिकारीले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।