काठमाडौं- जर्मन विलासी कार निर्माता कम्पनी 'अउडी'को पहिलो इलेक्ट्रिक कार नेपाली बजारमा भित्रिएको छ। यो कारलाई इन्स्योरेन्स इन्स्टिटिउट फर हाइवे सेफ्टी (आइआइएचएस)ले 'टप सेफ्टी पिक' नामाकरण गरेको छ।
उक्त संस्थाबाट सो उपाधि पाउने अउडी 'इ–ट्रोन' पहिलो ब्याट्री इलेक्ट्रिक कार हो। यो कारले सुरक्षा विशेषतामा टेस्ला मोडल एस र सेब्रोले बोल्ट इभीलाई समेत उछिनेको छ। जसका कारण अउडी इ–ट्रोनले विश्वभर चर्चा बटुलिरहेको छ।
आइआइएचएसले गरेको क्रासओर्दिनेस क्याटागोरीमा सहभागी मोडलहरु मध्येबाट अउडी इ–ट्रोनले ‘गुड’ रेटिङ पाएको छ। अमेरिकामा अउडीको पहिलो इन्ट्रिलेवल इलेक्ट्रिक कार इ–ट्रोनको मूल्य करिब ७५ हजार अमेरिकी डलर छ।
भारतमा समेत अउडी इ–ट्रोन इलेक्ट्रिक कार सार्वजनिक भएको छैन। इ–ट्रोन भारतीय बजारमा २०१९ को डिसेम्बरमा सार्वजनिक हुने कम्पनीले जनाएको छ।
अउडी इ–ट्रोन कम्पनीको पहिलो इलेक्ट्रिक कार हो। यो कार कम्पनीले पहिलो पटक २०१८ को जेनेभा इन्टरनेसनल मोटर सोमा सोकेस गरेको थियो। अउडी इ–ट्रोन क्रसओभर समेगमेन्टको इलेक्ट्रिक कार हो।
यो कारमा दुईवटा इलेक्ट्रिक मोटर राखिएको छ। अगाडिको मोटर १ सय २५ केडब्लू र रेयर मोटर १ सय ४० केडब्लूको छ। यसको ब्याट्रीले ३ सय ५५ बिएचपीसम्म पावर र ५ सय ६१ एनएम टर्क जेनेरेट गर्छ।
अधिकतम गति २ सय किलोमिटर प्रतिघन्टा रहेको यो कारले एकपटकको फुल चार्जमा ४ सय किलोमिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ।
त्यस्तै इ–ट्रोनले नर्मल मोडमा शून्यदेखि १ सय किलोमिटरको गति ६.६ सेमेन्डमा र बुस्ट मोडमा ५.७ सेकेन्डमा शून्यदेखि १ सय किलोमिटरको गति तय गर्न सक्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।