एजेन्सी- उत्तर कोरियाले जापानलाई निसाना बनाउँदै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ।
राजधानी प्योङ्याङ्बाट ३७ सय किलोमिटर पर रहेको जापानी भूभागमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
गत महिना पनि उत्तर कोरियाले जापानमाथि क्षेप्यास्त्र प्रहार गरेको थियो।
जापानको भूमि हुँदै उडेको क्षेप्यास्त्र अमेरिकी क्षेत्र गुवाममा खसेको थियो। उत्तर कोरियाले आतंक सिर्जना गरेको भन्दै जापान सरकारले आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघको कडा नाकाबन्दी खेपिरहेको उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्ने धम्की दिइरहेको थियो।
बिहीबार मात्रै जापानलाई ध्वस्त र अमेरिकालाई खरानी बनाउने चेतावनी दिएको उत्तर कोरियाले जापनालाई निसाना बनाएर हानेको क्षेप्यास्त्र अमेरिकी प्यासिफिक क्षेत्रमा खसालेको हो।
उत्तर कोरियाले हालसम्म ६ वटा परमाणु हतियारको परीक्षण गरेको छ। जापानलाई लक्षित गरी प्रहार भएको क्षेप्यास्त्रबारे संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् बैठकमा छलफल हुने भएको छ। राष्ट्रसंघले सुरक्षा परिषद्को बैठक बोलाएपछि उत्तर कोरियाले पनि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।