श्रीनगर (भारत प्रसासित काश्मिर)- भारतको काश्मिर क्षेत्रमा सक्रिय लस्कर ए तोइवा नामक विद्रोही समूहका अवु इश्माइल तथा उनका सहयोगीको कारबाहीका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतीय सेना र उक्त लडाकू समूहबीच श्रीनगरको बाहिरी क्षेत्र आरिगाम नवगाम क्षेत्रको ग्रामीण इलाकामा भएको झडपका क्रममा लस्कर ए तोइवाका प्रमुख कमाण्डर इश्माइल तथा उनको सहयोगीको मृत्यु भएको प्रहरीका स्थानीय प्रवक्ताले बताए।
प्रहरीका अनुसार इश्माइल काश्मिर क्षेत्रमा सक्रिय लडाकू समूहका विशेष खोजीको सूचीमा रहेका लडाकू कमाण्डर हुन्। उनी केही समयपहिले हिन्दु तीर्थयात्रीलाई लिएर हिँडेको बसमाथि भएको आक्रमणमा संलग्न रहेका थिए।
प्रहरीले घटनास्थलबाट सुरक्षाकर्मीमाथिको आक्रमणमा प्रयोग भएका दुई राइफल नियन्त्रणमा लिएको बताएको छ। घटनापछि इस्माइलका समर्थकले हिंसा भड्काउन सक्ने भन्दै श्रीनगर क्षेत्रमा इन्टनेट सेवा अवरुद्ध गराइएको छ।
सो समूहका अर्का एक उच्च कमाण्डर अबु दुजाना दक्षिणी पुल्वामामा सरकारी सुरक्षा कारबाहीमा मारिएका थिए।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।