complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

लगानीको पर्खाइमा प्रदेश ६ को पर्यटन क्षेत्र

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  ०५:५९
1140x725

सुर्खेत– नेपालको सबैभन्दा ठूलो ताल हो– रारा, जुन प्रदेश नम्बर ६ को मुगु जिल्लामा अवस्थित छ। नेपालको सबैभन्दा गहिरो ताल हो– से फोक्सुण्डो, जुन यही प्रदेशको डोल्पामा छ।

नेपालकै पहिलो संरक्षित वन काँक्रेविहार सुर्खेतमा छ। जमिनमा सधैंभरि ज्वाला बलिरहने अनौठो ठाउँ श्रीस्थान रहेको दैलेख पनि यही प्रदेशमा पर्छ। प्रख्यात मानसरोवर यही प्रदेशको शिरमा अवस्थित छ।

यी त केही उदाहरण मात्रै हुन्। समग्रमा भन्नुपर्दा प्रदेश नं. ६ आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सक्ने धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय सम्पदाहरुले भरिपूर्ण छ। यी सम्पदाहरुको संरक्षण गर्दै उपयोग गर्न सक्ने हो भने सबैभन्दा धेरै नागरिक गरिब रहेको प्रदेश नम्बर ६ केही वर्षभित्रै समृद्ध बन्न सक्ने उद्योग वाणिज्य महासंघ प्रदेश नं ६ का अध्यक्ष पदमबहादुर शाही बताउँछन्।

शाहीले यो प्रदेशलाई समृद्ध पार्ने प्रमुख आधार नै पर्यटन भएको बताए।

सम्भावना कति ?

मानसरोवर आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य हो। मानसरोवर पुग्नेहरुको संख्या दिनप्रतिदिन बढ्दो छ। त्यसैगरी रारा पनि अर्को आकर्षक गन्तव्य हो, जहाँ आन्तरिकका साथै बाह्य पर्यटकहरु पनि आकर्षित हुने गर्छन्।

मुगुमा रहेको रारा ताल नेपालको सबैभन्दा ठूलो ताल पनि हो। दैलेखको श्रीस्थानमा रहेको ज्वाला, सुर्खेतका काँक्रेविहार, देउतीबज्यै, बुलबुले, बराहताल, चमेरे गुफा, सल्यानको कुपिण्डे दह, डोल्पाको से फोक्सुण्डो ताल, त्रिपुरासुन्दरी मन्दिर पनि पर्यटक तान्न सक्ने स्थल हुन्। त्यसैगरी यो प्रदेशमा ट्रेकिङको पनि पर्याप्त सम्भावना छ। भित्री मधेससहित पहाडी र हिमाली क्षेत्र रहेको कारण पनि यो भूगोलमा ट्रेकिङको लागि अझ आकर्षण बढ्न सक्छ।

यस्तै, जल पर्यटनको सम्भावना पनि प्रशस्त छ। भेरी र कर्णाली जस्ता ठूला नदी पनि यहाँ रहेका छन्। यी नदीहरुमा व्यावसायिक रुपमा र्‍याफ्टिङ सञ्चालन गर्न सकिन्छ। हाल पनि विभिन्न स्थानमा र्‍याफ्टिङ सञ्चालन भइरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पर्यटन विकासको अर्को सम्भावना भनेको प्याराग्लाडिङ पनि हो। विगतमा सुर्खेतमा यसको परीक्षण पनि गरिएको थियो। तर, अहिले बन्द भएको छ।

प्याराग्लाइडिङको परीक्षण गराएका महासंघका अध्यक्ष शाही सुर्खेतसहित विभिन्न जिल्लामा व्यावसायिक रुपमा प्याराग्लाडिङ सञ्चालन गर्न सकिने सम्भावना पनि प्रशस्त रहेको बताउँछन्। बञ्जी जम्पका लागि पनि सम्भाव्यता अध्ययन गरेर त्यसलाई अघि बढाउन सकिने सम्भावना यहाँ रहेको उनको भनाइ छ।

‘यी विविध सम्भावनालाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न सक्ने हो भने यहाँको आर्थिक गतिविधिमा वृद्धि हुनेछ। यसले नागरिकको जीवनस्तरमा सुधार ल्याउनुका साथै प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्नेछ’ शाहीले भने।

के छन् समस्या ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रदेश नम्बर ६ मा पर्यटयकीय स्थलहरुको कमी छैन। कमी छ त केवल त्यसको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने योजनाको। पर्याप्त सम्भावना भएर पनि पर्यटन क्षेत्रको विकास नहुँदा समग्र प्रदेशको विकास खुम्चिएको छ। भएका पर्यटकीय स्थलहरुको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्न नसक्दा प्रदेश ६ ले पर्यटनको माध्यमबाट लिनसक्ने लाभ लिन नसकेको बताउँछन्, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी। पछिल्लो चरणमा रारामा आन्तरिक पर्यटनले केही विकास भएको भए पनि यसको व्यवस्थित विकास हुन नसकेको उनको भनाइ छ।

पर्यटकीय स्थलसम्म पुग्ने यातायातको सहज सुविधा नहुनु अर्को मुख्य समस्या हो।

‘यदि कर्णाली करिडोर बन्न सकेमा रारा र से–फोक्सुण्डो मात्र होइन, धार्मिक पर्यटनका लागि कर्णालीको शिरमा रहेको मानसरोवर पनि कर्णाली पर्यटनको आधार बन्नसक्छ’, अधिकारीले भने, ‘कर्णालीको करिडोर मार्गको निर्माण भए हजारौं भारतीय पर्यटक नेपालगन्ज हुुँदै हुम्लाको बाटो प्रयोग गर्ने हुँदा यहाँको आर्थिक समृद्धिमा समेत यसले सघाउ पुग्नेछ।’

कर्णाली करिडोरको निर्माण, यस क्षेत्रका विमानस्थलहरुको स्तरोन्नति गर्न सकेमा पर्यटन विकासले फड्को मार्ने हुम्लाबाट निर्वाचित प्रदेशसभा सांसद जीवनबहादुर शाही बताउँछन्। ‘यो प्रदेशको आर्थिक आधारका रुपमा रहेको कर्णाली करिडोर बनेको छैन’, उनले भने, ‘मानसरोवरबाट कर्णालीवासीले अपेक्षाकृत लाभ लिन सकिरहेका छैनन्। भविष्यमा यो प्रदेशले यसबाट ठूलो आर्थिक लाभ लिन सक्छ।’

पर्यटकहरुका लागि उचित बाससहितका होटलको अभाव पनि यहाँको अर्को समस्या हो। रारा, से–फोक्सुण्डो र मानसरोवर लक्षित सुविधासम्पन्न होटेलको कमी छ। रारालाई लक्षित गरेर स–साना होटेल खुलेका छन्। तर, त्यहाँ व्यवस्थापनको पाटो निकै कमजोर छ। रारामा आन्तरिक पर्यटक आउने क्रम निकै बढेको छ।

पर्यटकहरुलाई आकर्षण गर्न सक्ने स्थल भएको सुर्खेत र दैलेखमा पनि सुविधासम्पन्न होटेलको अभाव छ। पछिल्लो समयमा सुर्खेतमा भने होटल व्यवसायमा लगानी बढ्दै गएको छ। होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष तर्कबहादुर शाही सुर्खेतमा ठूला विमान अवतरण गर्ने विमानस्थल नहुँदा पनि यहाँका होटल व्यवसाय फस्टाउन नसकेको बताउँछन्। उनले पर्यटन विकासका लागि होटल व्यवसायको पनि विकास हुनुपर्ने बताए।

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  ०५:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन
सम्बन्धित सामग्री
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
रास्वपाले माग्याे मेयरसहितका जनप्रतिनिधि हुन चाहनेसँग आवेदन बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्