काठमाडौं– आइतबार नेप्सेमा दुई वाणिज्य बैंक, एक इन्स्योरेन्स कम्पनी र एक विकास बैंकको सेयर सूचिकृत भएको छ। एकै दिन यी ४ वित्तीय संस्थाको १ करोड ६७ लाख ६२ हजार १ सय ४१ कित्ता सेयर सूचिकृत भएको हो।
ग्लोबल आइएमई बैंकको आइतबार ८० लाख ८० हजार ३ सय ४१ दशमलब ६६ कित्ता बोनस सेयर सूचिकृत भएको छ। त्यस्तै, लक्ष्मी बैंकको ७४ लाख ७२ हजार ४ सय १२ कित्ता बोनस सेयर सूचिकृत भएको छ।
आइतबार नै सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १० लाख ६९ हजार ३५ कित्ता बोनस सेयर तथा काबेली विकास बैंकको १ लाख ४० हजार ३५२ कित्ता सेयर सूचिकृत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।