काठमाडाैं- १७ वर्षे हेलिकाेप्टर सेवाबाट आन्तरिक उडान फिक्स विङ सेवामा प्रवेश गरेकाे श्री एयरलाइन्सले क्यु ४०० डास ८ जहाज आइतबार नेपाल भित्र्याउने भएकाे छ। यो जहाज ८० सिट क्षमताको रहेको छ।
याे जहाजसँगै एक सातापछि अर्काे साेही कम्पनीकाे जहाज पनि नेपाल आइपुग्ने एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए। आइतबार र अर्को साता आउने जहाजसँगै श्रीसँग ६ वटा जहाज हुनेछन्।
एयरलाइन्सले केही दिनअगाडि मात्रै अन्तर्राष्ट्रिय उडानका लागि भारतकाे दिल्ली, काेलकात्ता, बैंगलाेर, अहमदावाद र ढाका उडानकाे अनुमति पाएकाे थियाे। एयरलाइन्सले अहिले आन्तरिक उडानमा विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज र धनगढीमा हवाई सेवा दिँदै आएकाे छ।
थप जहाज आएपछि एयरलाइन्सले पाेखरा, सिमरा र जनकपुरमा उडान गर्ने तयारी गरेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।