रोल्पा- माडीगाउँपालिका– २ घर्ती गाउँबाट आज बिहान प्रहरीले लुकाइराखिएको अवस्थामा ५० किलो चरेससहित २ जनालाई पक्राउ गरेको छ।
क्षेत्रीय प्रहरी ब्यूरो टोली, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको हो। चरेस भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ ।
थवाङ गाउँपालिका– ३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरले लुकाइराखेको ५० किलो चरेस आज बिहान ३ः३० बजे बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।