काठमाडौं– सिद्धार्थ बैंकको १० बराबर १ अनुपातको हकप्रद सेयर फागुन २ गतेबाट निष्काशन हुने भएको छ। बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ६८ लाख २६ हजार १ सय १७ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
बैंकले निष्काशन गर्न लागेको १० प्रतिशत हकप्रद सेयरमा माघ २१ गतेसम्म कायम सेयरधनीले चैत्र ६ गतेसम्म आवेदन दिन सक्ने छन्। बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ लाख रुपैयाँ रहेको छ। उक्त हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्ता पूँजी ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुग्ने छ।
कहाँबाट दिने आवेदन?
सिद्धार्थ बैंक हात्तिसार काठमाडौं र यसका शाखा कार्यालयहरु,
लक्ष्मी क्यापिटल मार्केट बानेश्वर,
सिद्धार्थ क्यापिटल नारायणचौर, नक्साल,
आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयहरु ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।