काठमाडौं– कालिका पावर कम्पनी लिमिटेडले साधारण सेयर (आइपिओ) माघ २१ देखि निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित स्थानियबासीन्दाका लागि ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले निष्कासन गर्न लागेको आइपिओमा आयोजना प्रभावित गोरखाको अजिरकोट, भीमसेन, सुलिकोट, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका स्थानीयबासिन्दाले सेयर खरिदका लागि दरखास्त दिन पाउने छन्।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्कोट्स लिमिटेड रहेको छ। उक्त सेयर निष्काशन बन्द छिटोमा फागुन ६ र ढिलोमा २१ गतेसम्म हुने कम्पनीले जनाएको छ
आइपिओ खरिद आवेदन न्युनतम १० र अधिकतम ३ हजार कित्तासम्मका लागि दरखास्त दिन पाइने व्यवस्था गरिएको छ। आइपिओ बाँडफाँड भएको मितिले ३ वर्षसम्म उक्त सेयर बिक्री गर्न नपाइने कम्पनीले जनाएको छ।
कम्पनीमा संस्थापकको ४२ करोड, आयोजना प्रभावितको ६ करोड र सर्वसाधारणका लागि १२ करोड रुपैयाँ हुने गरी लगानी संरचना तयार पारिएको छ। जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।