काठमाडौं– भैरहवामा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सुविधासम्पन्न इन्धन डिपो निर्माण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा उपलब्ध गराएको छ।
नेपाल आयल निगमको प्रस्तावमाथि छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसमेत सहभागी भएको बैठकबाट जग्गा दिने निर्णय गरिएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
प्राधिकरणले निगमलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना अनुसार ७ सुविधासम्पन्न इन्धन डिपो बनाउने ७ विगा जग्गा उपलब्ध गराउने निर्णय भएको उनको भनाइ छ।
साथै प्राधिकरणले तत्कालका लागि हाल रहेको इन्धन डिपो विस्तारका लागि पनि ५ कठ्ठा जग्गा समेत दिएको उनको भनाइ छ। ‘इन्धन डिपो नभएको अन्य विमानस्थलमा पनि आयल निगमले डिपो बनाउने प्रस्ताव सहित जगा माग गरेको छ,’ प्राधिकरण महानिर्देशक पोखरेलले भने, ‘आवश्यकता हेरर इन्धन डिपो बनाउन उपयुक्त हुने गरी जग्गा उपलब्ध गराउँछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।