काठमाडौं- सुनको भाउ बिहीबार फेरि बढेको छ। बुधबार तोलामा ७ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार तोलामा १२ सय रुपैयाँ बढेको छ।
बिहीबार नेपाली बजारमा सुनको भाउ एक तोलाको ७१ हजार ५ सय रुपैयाँ तय भएको छ। यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।
पछिल्लो दुई सातामा सुनको भाउ निरन्तर बढिरहेको छ। सुनको भाउले हरेक दिन जसो नयाँ रेकर्ड कायम गरिरहेको छ।
यसैगरी चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर ८ सय ४० रुपैयाँ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।