काठमाडौं– शनिबार चितवनको रामनगरमा प्रहरी इन्काउन्टरमा घाइते भएका कुख्यात डाँका टिका बहादुर थापा मगर‘टिके’का सहयोगी प्रहरीलाई फायर गरेर फरार भएका छन्। पक्राउ गर्न खोज्ने क्रममा टिकेका एक साथीले प्रहरीमाथि फायर गरेका थिए।
प्रहरीलाई गोली हान्ने उनका साथी भने फरार भएको प्रहरीले जनाएको छ। प्रहरीलाई गोली हान्ने टिकेका साथीलाई सबैतिर खोज्ने काम भइरहेको अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए।
गत माघ ४ गते बेलुका टिके डिल्लिबजार जेलबाट भागेका थिए। उनलाई पछ्याउदै अपराध महाशाखाको टोली केही दिनयता चितवनमा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।