धनगढी– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणको उदेश्य खुलाएका छन् ।
भारत प्रस्थान गर्ने क्रममा शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कारागारमा रहँदा आफूले गरेको भाकल पूरा गर्न भारतका धार्मिक स्थलको भ्रमणमा जान लागेको जानकारी दिएका छन् ।
उनी तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत भ्रमण गएको उनको निजी सचिवालयले जनाएको छ ।
रास्वपाले गत फागुनको निर्वाचनमा प्रतिनिधि सभाका लागि दुई तीहाइ नजिक सीट जितेपछि रविको यो दोस्रो भारत भ्रमण हो ।
उनले आफू र आफ्नो परिवार आध्यात्मिक स्वभावका कारण धार्मिक यात्रामा निस्किएको बताए ।
आफ्नो भारत भ्रमणलाई अनावश्यक राजनीतिक विवादको विषय नबनाउन उनको आग्रह थियो । लामिछानेको निजी सचिवालयले पनि भ्रमण पूर्ण रूपमा निजी तथा आध्यात्मिक प्रकृतिको भएकाले यसलाई अतिरञ्जित नगर्न र राजनीतिक रंग नदिन आग्रह गरेको गरिसकेको छ ।
रविले भारतको उत्तराखण्डस्थित नैनीतालको कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम छ ।
उनी कात्तिक ९ गते स्वदेश फर्किने बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।