काठमाडौं–गत साता जेलबाट भागेका कैदी टिकाबहादुर थापा ‘टिके’ लाई प्रहरीले गोली हानेको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।
पक्राउ गर्न गएको प्रहरी टोलीलाई गोली हानेपछि प्रहरीले जवाफी फायरीङ गरेको थियो।
‘पक्राउ गर्न खोज्दा हामीलाई गोली हाने,’ महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले भने,‘जवाफी फायरिङमा उनलाई गोली हानिएको हो।’ सुरुमा गोली लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको थियो। अस्पताल पुर्याउदा उनी जिवीत नै रहेको खुलेको थियो।
‘सुरुमा उनको मृत्यु भएको भन्ने आएको थियो,’ महानगरीय अपराध महाशाखाका लोहनीले भने‘उद्धार गरी अस्पताल पुर्याउदा उनी जिवित नै रहेको खुलेको छ।’
दर्जनौं चोरी तथा डकैतीमा संलग्न भएका उनलाई २ वर्षअघि महाशाखाले नै पक्राउ गरेको थियो।
गत माघ ४ गते राती डिल्लीबजार कारागारबाट फलामे तारे काटेर भागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।