काठमाडौं- धितोपत्र बजारमा यस साता एक अर्ब ७३ करोड ९० लाख १४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाल स्टक एक्चेन्ज(नेप्से) का अनुसार कुल १ सय ७७ कम्पनीको ५० लाख ५९ हजार ९ सय ३० कित्ता सेयर बिक्री भएका थिए।
कारोबार रकम गत साताको भन्दा ५८ दशमलब ७४ प्रतिशत बढी हो। गत साता १७० कम्पनीको एक अर्ब नौ करोड ५४ लाख ८५ हजार रुपैयाँ बराबरका २४ लाख ६१ हजार ६ सय कित्ता सेयर खरिद-बिक्री भएका थिए।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलब ८६ अंकले बढेर अन्तिम दिन एक हजार ४०४ दशमलब ५३ अंकमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शून्य दशमलब ३१ अंकले बढेर २९६ दशमलब ४१ अंकमा आइपुगेको छ।
यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ। सो कम्पनीको १६ करोड सात लाख ६० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यसैगरी कारोबार भएको सेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ। सो बैंकको छ लाख १५ हजार कित्ता सेयर कारोबार भएको छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।