पोखरा- पोखरा–लेखनाथ महानगरपालिकाको डाँडाकोनाक तालचोकमा बिहीबारदेखि प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव सुरु भएको छ।
लेखनाथ उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको महोत्सव माघ २२ गतेसम्म चल्नेछ। महोत्सवमा कृषि, हस्तकला, यन्त्र, वित्तीय संघसंस्था, मोटर, कपडा, दुग्ध लगायत ३ सय ५० कक्ष राखिएको छ।
महोत्सवबाट औद्योगिक उत्पादन, घरेलु तथा साना उद्योग र हस्तकलाका वस्तुको बजार प्रवर्द्धन, स्थानीय उत्पादन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको बजारीकरण गर्ने उद्देश्य राखिएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।