काठमाडौं- साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक ९ दशमलब ८० अंकले बढेर १ हजार ४ सय ४ दशमलब ५३ अंकको विन्दुमा आएर रोकिएको छ।
बिहीबार विशाल बजारका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस दिन कम्पनीको सेयर मूल्य ५ दशमलब १९ प्रतिशत अर्थात् ९८ रुपैयाँले बढेको छ। त्यस्तै, बोटलर्स नेपाल (तराई) को सेयर मूल्य ४ दशमलब १७ प्रतिशतले बढेको छ।
बिहीबार परिसूचक बढे जसरी कारोबार रकममा भने सुधार हुन सकेको छैन।
१ सय ५९ कम्पनीको २८ करोड २२ लाख ४१ हजार ५ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। जबकि बुधबार २६ करोड १५ लाख २५ हजार ५ सय ५३ रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए।
बिहीबार कारोबारमा आएका दुई समूहमा गिरावट आएको छ भने अन्य ८ समूहमा हरियाली छाएको छ। आजको कारोबारमा विकास बैंक समूहमा ३ दशमलब शून्य ६ अंकको गिरावट आएको छ। त्यस्तै, अन्य समूह १ दशमलब ४५ अंकले घटेको छ।
बिहीबारको कारोबारमा सबैभन्दा कमाउनेमा बिमा समूह अन्तर्गतका लगानीकर्ता छन्। यो समूहमा ८९ दशमलब शून्य ० अंकको वृद्धि भएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ३० दशमलब ४५ अंकले बढेको छ भने होटल समूह २७ दशमलब ३५ अंकले बढेको छ।
यस दिन सानिमा माई हाइड्रो पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ। यस कम्पनीको १ करोड ८१ लाख ३८ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएका छन्। त्यस्तै, नेपाल बैंकको १ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएका छन्।
बिहीबारको कारोबारमा गुमाउने १० कम्पनी:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।