काठमाडौं- देवः विकास बैंकको चालु आर्थिक वर्षको ६ महिनामा अवधिमा अधिकांश सूचक सामान्य देखिएको छ। बैंकले पुस मसान्तमा खुद मुनाफामा ३० हजार रुपैयाँ अर्थात् शून्य दशमलब २१ प्रतिशतले बढाएको छ। बैंकले १४ करोड ६ लाख रुपैयाँ नाफा गरेको छ।
बैंकको सञ्चालन मुनाफामा शून्य दशमलब ५१ प्रतिशतले बढेको छ। बैंकले सञ्चालन मुनाफा २२ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले २१ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकले खुद ब्याज आम्दानी ३१ करोड ४८ लाख रुपैयाँ छ, गत वर्ष भने यो आम्दानी २६ करोड २ लाख रुपैयाँ थियो। बैंकले १३ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ११ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष बैंकले ९ अर्ब ७ करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ २३ पैसा रहेको छ। पुँजी कोष अनुपात १५ दशमलब ५२ प्रतिशत छ भने निस्क्रिय कर्जा २ दशमलब ५६ प्रतिशत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।