काठमाडौं- नेपाल बंगलादेश (एनबी) बैंकले चालु आर्थिक वबर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ।
आर्थिक वर्ष ०७४/७५ मा बैंकको खुद मुनाफामा १८ दशमलब ९७ प्रतिशतको गिरावट आएको छ। बैंकले दोस्रो त्रैमासमा ४३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जबकि गत वर्षको पुसमा बैंकले ५४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँबाट ११ रुपैयाँमा झरेको छ। त्यस्तै, बैंकको सञ्चालन मुनाफामा पनि १४ दशमलब ८८ प्रतिशतको गिरावट आएको छ। बैंकले ६३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७४ करोड रुपैयाँ मुनाफा कमाएको थियो।
बैंकले खुद ब्याज आम्दानी ७४ करोड २६ लाख रुपैयाँ छ। अघिल्लो वर्षको ६ महिनामा ७२ करोड ६१ लाख रुपैयाँ कमाएको थियो।
बैंकले चालु आर्थिक वर्षमा ४१ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ४१ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको निक्षेप दुई प्रतिशतले बढ्दा कर्जा १३ प्रतिशतभन्दा धेरैले बढेको छ।
बैंकको पुँजीको कोष अनुपात १४ दशमलब २८ प्रतिशत छ। बैंकको खराब कर्जा १ दशमलब ४७ प्रतिशत छ भने आधार ब्याज दर ११ दशमलब ३९ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।