काठमाडौं- सिद्धार्थ बैंकले लगानीकर्तालाई १० प्रतिशत हकप्रद शेयर दिने भएको छ।
उक्त हकप्रद शेयरका लागि माघ २२ गते शेयरधनी पुस्तिका बन्द रहने नेप्सेले जनाएको छ। तसर्थ माघ २१ गतेसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्।
बैंकले ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ दशमलव १९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो। उक्त शेयरलाई इक्रा नेपालले ग्रेड थ्री रेटिङ दिएको छ। जसले हकप्रदको आधारभूत पक्ष औसत रहेको जनाउँछ।
हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ रहेको बैंकको हकप्रद बिक्रीपश्चात् पुँजी ७ अर्ब ५० करोड ८७ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।