बागमत– भारतको यमुना नदीमा डुँगा डुब्दा २२ जनाको निधन भएको छ। उत्तर प्रदेशको बागपतमा मजदुर बोकेर गइरहेको डुँगा विहिबार यमुना नदीमा डुबेको स्थानीय प्रशासनले पुष्टी गरेको छ। प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनामा ज्यान गुमाउनेको परिवारलाई तत्कालै क्षतिपूर्तीस्वरुप २ लाख रुपैयाँ मुआवजा दिने घोषणा गरेका छन्।
प्रशासनले एक दर्जन मानिसलाई मात्र सुरक्षित बाहिर निकाल्न सफल भएको बताएको छ। डुँगामा करिब ६० जना यात्रा गर्दै थिए। पुलिस प्रशासन ढिलो गरी सक्रिय भएको भन्दै रिसाएका स्थानीयले दिल्ली राजमार्ग केही समयका लागि बन्द गरेका थिए। डुबेर मर्नेमा अधिकांश महिला रहेको बताइएको छ। हालसम्म २२ जनाको मात्र लास निकाल्न सफल भएको जिल्ला अधिकारी भवानी सिंहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।