काठमाडौं- हिमालयन बैंकले पाटन दरवार क्षेत्र पुनर्निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ। बैंकले २५औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टलाई उक्त रकम हस्तान्तरण गरेको हो।
बैंकका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रस्टका कन्ट्री डाइरेक्टर रोहितकुमार रञ्जितकारलाई सहयोग हस्तान्तरण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।