काठमाडौं- नेपाल बैंकर्स संघको उपाध्यक्षमा नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर मनोनित भएका छन्। संघको मंगलबार बसेको कार्यसमिति बैठकले रिक्त रहेको उपाध्यक्ष पदमा भटनागरलाई मनोनित गरेको हो।
संघका उपाध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना अध्यक्षमा निर्वाचत भएपछि उक्त पद रिक्त थियो। संघले बाँकी रहेको एक वर्षे कार्यकालका लागि भटनागर उपाध्यक्षको जिम्मेवारी दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।