काठमाडौं- मंगलबार नेप्सेले दुई कम्पनीको शेयर मूल्य समायोजन गरेको छ।
नेको इन्स्योरेन्स कम्पनीको ५० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन भएको हो। कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले ५ सय ४१ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ७ सय ४५ रुपैयाँ दिएको थियो।
त्यस्तै फर्स्ट माइक्रोफाइनान्स डेभपमेन्ट बैंकको मंगलबारै ५० प्रतिशत हकप्रद शेयरपछिको मूल्य समायोजन भएको हो। कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले ५ सय ५५ रुपैयाँ तोकेको छ। आधारभूत मूल्य ७ सय ५६ रुपैयाँ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।