काठमाडौं– गोर्खाज फाइनान्सको अध्यक्षमा प्रेमबहादुर खापुङ चयन भएका छन्।
कम्पनीको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा उनलाई अध्यक्षमा चयन गरेको हो।
नवनियुक्त अध्यक्ष खापुङलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन्।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा २ मा फाइनान्स सञ्चालक समितिका अध्यक्षले राष्ट्र बैंकका निर्देशकबाट पद तथा गोपनीयताको सपथ लिनुपर्ने व्यवस्था छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।