काठमाडौं- नेपाल धितोपत्र बोर्डले सेयर कारोबार गर्दा सीमित रुपमा ग्राहक विवरण (केवाइसी) भर्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै थप कडाइ गरेको छ। जसअन्तर्गत अबदेखि धितोपत्र दलाल कम्पनीहरुले आफ्ना ग्राहकको अझै बढी विस्तृत विवरण राख्नुपर्ने भएको हो।
सेयर कारोबार गर्ने ग्राहकको सम्पूर्ण विवरणसहित बसोबास गर्ने स्थानको नक्सा, इन्भेष्टमेन्ट कम्पनीमा संलग्न भए/नभएको तथ्यांकसमेत खुलाउनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।
अबदेखि लगानीकर्ताले सेयर कारोबार गर्दा प्रयोग गर्ने रकम सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुन विपरीत आर्जन नगरेको खुलाउनुपर्नेछ। कम्पनी र संस्थाको हकमा दर्ता सम्बन्धी विस्तृत विवरण तथा कम्पनी र संस्थाको पहिलो तथा दोस्रो सम्पर्क व्यक्तिको तीनपुस्ते विवरण खुलाउनुपर्नेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।