काठमाडौं- भारतीय पक्षले नेपालको सीमा मेचेको भन्दै ग्रेटर नेपाल अभियानकर्मीहरुले सोमबार अपराह्न लैनचौरस्थित भारतीय राजदूतावास घेराउ गरेका छन्।

पर्साको छपकैयामा नेपालको ५० बिगाहा जमिन भारततिर गाभिएको भन्दै 'परिवर्तनको लागि राष्ट्र निर्माण शक्ति' को अगुवाईमा गएका सहभागीहरुले सीमा मिचिएको विरोधमा नाराबाजी समेत गरेका थिए।


उनीहरुले राष्ट्रिय अखण्डता विरुद्ध खेलवाड गर्नेमाथि कारबाही गर्न समेत माग गरेका छन्। सहभागीहरुले भारतीय दूतावासमा ज्ञापनपत्र समेत बुझाएका छन्।


नापी विभागले भने पर्सामा स्थलगत अध्ययनपछि आइतबार प्रतिवेदन सार्वजनिक गर्दै र्सिसिया क्षेत्रमा ५० बिगाहा भूभाग मिचिएको भनिएको तथ्यमा कुनै सत्यता नभएको बताएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।