काठमाडौं– नेपाल धितोपत्र बोर्डले प्रज्ञान सेक्युरिटिजलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ। भाइबर मार्फत आफ्ना ग्राहकलाई सूचना पठाई सेयर कारोबारमा चलखेल गरेको प्रमाणित भएपछि जरिवाना गरिएको बोर्डले जनाएको छ।
बोर्डको अनुसन्धानमा प्रज्ञान सेक्युरिटिजको विराटनगर शाखा प्रमुखले भाइबरमा आफ्ना ग्राहकलाई गु्रप म्यासेज पठाएका थिए। उनले ‘जेठ ४ मा हुने सिभिल बैंकको साधारणसभाअघि बैंकको ४० प्रतिशत हकप्रद आउने भएको छ, राम्रो फाइदा हुन्छ, फाइदा गराउने जिम्मेवारी हाम्रो हो’ भन्ने म्यासेज पठाएका थिए।
यसबारे उजुरी परेपछि बोर्डले अनुसन्धान गरी कारबाही गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।