काठमाडौं– नेको इन्स्योरेन्स लिमिटेडले माघ २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले २ बराबर १ अनुपातमा ३९ लाख २० हजार ९ सय २८ दशमलव ११ कित्ता हकप्रद बराबरको शेयर निष्काशन गर्न लागेको हो।
हकप्रदमा माघ ९ गतेसम्म कायम शेयरधनीले माघ २६ गतेदेखि चैत १ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ३ प्रदान गरेको छ। जसले कम्पनीको आधारहरु औसत रहेको जनाउँछ। इस्योरेन्सको हकप्रद शेयर निष्काशन तथा बिक्री एनएमबी क्यापिटल लिमिटेड रहेको छ।
हाल ७८ करोड ४१ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको ५० प्रतिशत हकप्रद शेयर निष्काशनपछि चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँ पुग्नेछ।
आवेदन कहाँ दिने?
हकप्रदमा बिक्री प्रबन्धक एनएमबी क्यापिटल, एनएमबी बैंक लिमिटेडका उपत्यकाभित्र काठमाडौंमा चाबहिल, कलंकी, सीतापाइला, तीनकुने, टेकु, बसुन्धरा। ललितपुरमा लुभू, ठैब। भक्तपुरको सूर्यविनायक। उपत्यकाबाहिर तीनदोबाटो बनेपा, मिलनचोक बुटवल, महेन्द्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेत रोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्युरोड पोखरा, आदर्शनगर वीरगन्ज, भानुचोक जनकपुर, नारायणगढ चितवन, बिर्तामोड झापा र आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।