काठमाडौं– साताको पहिलो दिन आइतबार सुरुवाती समयमा बढेको नेप्से परिसूचक कारोबारको अन्तिम समयमा घटेर बन्द भएको छ। परिसूचक ३ दशमलब ८५ अंकले घटेर एक हजार ४ सय २ दशमलब ६७ अंकमा पुगेर बन्द भएको छ।
५० करोड ६१ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको आइतबारको बजारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर मात्रै ९ करोड ३४ लाख रुपैयाँ बराबर भएको छ।
त्यस्तै, पछिल्लो समय निकै किनबेच भएको सानिमा माई हाइड्रो पावरको ५ करोड ६४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
१ सय ६५ कम्पनीको सेयर कारोबार भएको आइतबारको बजारमा १० उपसूचकमध्ये ५ उपसूचक बढेका छन् भने ५ उपसूचक घटेका छन्। सबैभन्दा बढी बढ्ने उत्पादन तथा प्रशोधन समूह ३० दशमलब ९७ अंकले बढेको छ भने बिमा समूह सबैभन्दा बढी ७५ दशमलब ९९ अंकले घटेको छ।
आइतबारको कारोबारमा सबैभन्दा बढी कमाउनेमा साना किसान बैंक लिमिटेडका लगानीकर्ता छन्। जसको सेयर मूल्य प्रतिकित्ता २ दशमलब ६५ प्रतिशतले बढेको छ। त्यस्तै, ग्लोबल आइएमइ बैंकको संस्थापक सेयरको मूल्य पनि २ दशमलब २९ प्रतिशतले बढेको छ।
त्यस्तै, गुमाउनेमा भने सिटिजन्स बैंक इन्टरनेसनलका संस्थापक लगानीकर्ता छन्। बैंकको संस्थापक सेयरको मूल्य ६ दशमलब २५ प्रतिशतले घटेको छ। नेको इन्स्योरेन्सको सेयर मूल्यमा पनि ५ दशमलव ५२ प्रतिशतले गिरावट आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।